images

जन्तीकाे बसले किचेर सर्लाहीमा एक युवकको मृत्यु

द नेपालटप | प्रकाशित: २०७५-११-३० गते
जन्तीकाे बसले किचेर सर्लाहीमा एक युवकको मृत्यु

सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा आज बिहान जन्ती बसले किचेर एक युवकको ज्यान गएको छ । मलङ्गवाबाट जन्ती लिएर भारततर्फ फर्किदै गरेको बीआर ३० पि ३०३७ नम्वरको बसले किच्दा भारतको सीतामढी मोहनपुर बस्ने विन्देश्वर रायका २२ वर्षीय छोरा अम्मरनाथ कुमारको ज्यान गएको हो । मृतक युवक सोही बसमा चढेर जन्ती आएका थिए ।

आज बिहान ३ बजेतिर नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–१ भेडहियामा बसले किचेर युवकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको र घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा फाँटका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

युवकले अत्याधिक रक्सी पिएका पाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि पनि बस जन्ती लिएर गन्तव्यतर्फ नै लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

‘छक्का पन्जा २’ को कमाइ रवि लामिछानेलाई 

‘छक्का पन्जा २’ को कमाइ रवि लामिछानेलाई 

काठमाडाैंः चलचित्र ‘छक्का पन्जा २’ फेरि रिलिज गर्न लागेपछि निर्माता तथा कलाकार दिपकराज गिरीको चर्को आलो..

विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा

विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा

काठमाडाैँः रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क..

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न उपत्यकामा प्रहरीको ‘घर दैलो’

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न उपत्यकामा प्रहरीको ‘घर दैलो’

काठमाडौंः समाजमा आपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले समुदायसँग मिलेर काठमाडौँमा &lsquo..

खुसी देशको सूचीमा फिनल्याण्ड एक नम्बरमा, नेपाल १०० स्थानमा

खुसी देशको सूचीमा फिनल्याण्ड एक नम्बरमा, नेपाल १०० स्थानमा

काठमाडाैंः  विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यसवर्ष फिनल्याण्ड पहिलो नम्बरमा परेको छ । विशव खुसी दिवसको..

जनताकै पहुँच छैन भ्रष्टाचार निगरानी शाखामा

जनताकै पहुँच छैन भ्रष्टाचार निगरानी शाखामा

काठमाडौंः सरकारले सञ्चालनमा ल्याएको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार निगरानी शाखा सर्वसाधारण जनताको पहुँचभन्दा टाढा..