नवलपरासीमा दुई ट्रकमा आगजनी



परासीः अज्ञात समूहले नवलपरासीमा दुई ट्रकमा आगजनी गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती ८/ १० जनको समूहले आगजनी गरेकाे हो ।

जिल्ला प्रहरी नवलपरासीको अनुसार काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको ट्रकमा आगजनी भएको हो । आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ। बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्