दक्षिणपश्चिम जापानमा भूकम्प 



टोकियो : जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकको किई प्रायद्विपमा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार बुधबार दिउँसो १ बजेर ५३ मिनेटमा भूकम्प गएको त्यहाँको भूकम्पसम्बन्धी निकायले जानकारी दिएको थियो । 

भूकम्पपछि सुनामीको सूचना भने जारी गरिएको छैन् । वाकायामा प्रान्तका ७ क्षेत्रमा भूकम्पको धक्का बढी अनुभाव गरिएको सञ्चारमाध्यमले जनाएका छन् । सबैभन्दा बढी  तोकुशिमानजिकको क्षेत्र भूकम्पबाट प्रभावित भएको छ । 

जापानको भूकम्प मापन केन्द्रत्रले भने भूकम्प ४ म्याग्निच्युडको मात्र भएको उल्लेख गरेको छ । भूकम्पप्रभावित भूभाग सिगा, ओसाका इयोगो र नारा प्रान्तले घेरिएको छ । भूकम्पमा कुनै मानवीय र भौतिक क्षतिको समाचार प्राप्त भएको छैन । 

प्रतिक्रिया दिनुहोस्