पहिलोपटक बैँकमा पुगे राउटे



दैलेख:  जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख जाती राउटेले पहिलोपटक पारीश्रमिक बुझेका छन् । राउटे समुदायको उत्थानका लागि क्रियाशिल सामाजिक सेवा केन्द्रको कार्यक्रमलाई सहयोग गरेबापत पाँच जना राउटेले पहिलो महिनाको पारिश्रमिक बुझेका हुन् । बुधबार बिहानै सोसेक दैलेखका अध्यक्ष हिरासिंह थापाले लेकबेसीमा बस्दै आएका राउटेहरुलाई  गाडीमा राखेर वीरेन्द्रनगरमा ल्याएपछि बैंकमार्फत उनीहरुलाई महिनाको पारिश्रमिक  दिइएको हो  ।

राउटेका मुख्य मुखिया सुर्यनारायण शाहीले एक महिनाको दुई हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् भने अन्य चारजना सहायक मुखियाहरुले प्रतिव्यक्ति एकहजार पाँचसयका दरले बुझेका छन् ।

‘उनीहरुको दैनिकी व्यवस्थीति गराउने अभियानमा हामीलाई निकै चुनौती खडा भयो, उनीहरुबाटै आवश्यक सहयोग नहुने देखियो’ अध्यक्ष थापाले भने, ‘आफ्नो समुदायका नागरिकलाई परिवर्तनप्रति आकर्षण गराउन सहयोग पु¥याउन भन्नका लागि पाँच जनालाई जागिरेका रुपमा सहजकर्ता नियुक्त गरेका हौं ।’बैंकमार्फत महिनबहादुर शाही, प्रकाश शाही, डिलबहादुर शाही र विरबहादुर शाहीले जनही मासिक एकहजार पाँचसय तलब बुझेका हुन् ।

पहिलो तलब पाएपछि राउटे मुखिया सुर्यनारायण शाहीले भने, ‘सरकारले दिने भत्ताबाहेक तबल पाउनेगरी काम गरेका थिएनौं, पहिलो पटक बैंकमै आएर तलब बुझेका छौं ।’ उनले  विस्तारै आफ्नो समुदाय पनिपरिवर्तन हुने बताए  ।  ४५ दिनभन्दा धेरै एकै ठाउँमा नबस्ने राउटेहरुले गर्मीयाम सुरु भएपछि पुनः अर्को ठाउँमा बसाई सर्ने तयारी गरिरहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्