सुदुरपश्चिका महिलाहरुमा आङ खस्ने समस्या



कैलाली : स्वास्थ निर्देशनालय राजपुर डोटीको आयोजनामा कैलाली सहित बैतडी, दार्चुला र बझांगमा गरीएको एकिकृत बृहत जनस्वास्थ शिविर बाट ४ हजार २ सय ८१ जनाले लाभ लिएका छन् । स्वास्थ निर्देशनालय राजपुर डोटीको आयोजना तथा नेपालगंज मेडिकल कलेज ,हिमाल डेन्टल अस्पताल, सामाजिक बिकास मन्त्रालयको सहकार्यमा  भएको  शिविरमा स्त्री रोग बिशेषज्ञ सेवा , जनरल ओपिडी सेवा ,गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा , दन्त सेवा, योग शिविर र मानव स्वास्थ बारे जनचेताना प्रदान गरीएको थियो । शिविरबाट कैलालीमा ८१५ , बैतडीमा १६०० , दार्चुला मा १०५५, बझांगमा ८११ जना लाभान्वित भएका छन् ।

भौगोलिकरुपमा विकट मानिएको सुदुरपश्चिका स्थानियको स्वाथ्यअवस्था सुधारकालागी जनचेचना फैलाउने देखी निशुल्क उपचारसम्मको ब्यवस्था गरीएको स्वास्थ निर्देशनालय राजपुर डोटीका स्वास्थ शिक्षा अधिकृत नवराज कडेंल ले बताए ।

शिविरमा पुगेका धेरैजसो महिलाहरुको पाठेघरमा समस्या देखीएको नेपालगंज मेडीकल कलेजका स्वास्थ सेवा ईकाई प्रमुख राम बहादुर मल्लले बताए । सानै उमेरमा बिबाह हुने , जन्मान्तर कम हुने , सत्केरी अबस्थामा आराम नपुगेका कारण, पोशिलो खानाको कमिले यस्तो समस्या निम्तने  प्रमुख मल्लले बताए ।

साथै चैत्र ९ गते बाट महिलाहरुको  पाठेघर (आङ खस्ने ) समस्याको निःशुल्क शल्यक्रिया शिविर नेपालगंज मेडिकल कलेजको प्राविधिक सहयोगमा डडल्धुराको उपक्षेत्रिय अस्पतालमा सुरु हुने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्