काठमाडाैं : सांसद अनिलकुमार झाले संसद भवन भित्रको माइक मर्मतका लागी सभामुखको ध्यानाकर्षण गराएका छन् । संसदमा आज अर्थमन्त्री युवराज खतिवडासंगको प्रश्नउत्तर कार्यक्रममा सांसद झाले माइक प्रति असन्तुष्टि जनाउदै फेरबदलका लागि सभामुख समक्ष आग्रह गरेका हुन् ।
उनले भने “सभामुख महोदय पहिले हामी सांसदहरुले प्रयोग गर्ने माइक ठीक गरीयोस्”, आफूले लिएकाे माइकले काम नगरेपछि छेउमै रहेका सांसदको अगाडिको माइक प्रयोग गरी सांसद झाले प्रश्न गरेका हुन् ।
उनले यसअघि पनि माइकमा समस्या हुनेगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराए । उनले अर्थमन्त्रीसँग प्रत्येक स्थानीय तहमा सरकारी बैँक नपुग्नुको कारण माग गरेका छन् ।