लाखौ रुपैयाँ खाद्य सामाग्री र लत्ताकपडा बरामद



जनकपुरधाम : सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भित्र्याइएको लाखौं रुपैयाँ बराबरको अवैध खाद्य सामाग्री र लत्ताकपडा बरामद गरेको छ। सिरहा नगरपालिका–१७ माडर दसगजा क्षेत्रको एउटा गोदामबाट बिआर ०६ जी २६१२ नम्बरको भारतीय ट्रकबाट राजस्व छलेर अवैध रुपमा ल्याइएको करिब ३ लाख रुपैयाँ बराबरको आलु, प्याजसहित खाद्य सामाग्री बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जाँच गर्दा सामानको बिल बिजक नभएको र ट्रकबाट सामान अनलोड गरिरहेको फेला पारेको थियो। प्रहरीका अनुसार ९० बोरा आलु, ३ बोरा लसुन, १ बोरा गहुँ र ट्रकसहित २ लाख ९२ हजार ८ सय रुपैयाँ बराबरको सामान बराम भएको छ।

त्यसैगरी जिल्लाको औरही गाउँपालिका–४ इँटाटारबाट प्रहरीले भारतबाट राजस्व नतिरी ल्याइएको करिब १ लाख ५० हजार ५ सय ८५ रुपैयाँ बराबरको मोटरसाइकलसहित लत्ताकपडा बरामद गरेको छ।

बरामद लत्ताकपडामा जिन्स ३६ पिस, पप्लिन कपडा ७ थान, बच्चा सेट ७१ थान, बाबा सेट १८ थान, भेस्ट १४२ पिस, मखमल ११ पिस, लेडिज भेस्ट १२ पिस, लेडिज सुट ६ सेट, लेडिज स्यान्डी २० पिस, सर्ट २७ पिस, सल ३० पिस, साडी ११ पिस, स्यान्डो ७० पिस, हाफ प्यान्ट ६ पिस छन्। भित्र््याइएका अवैध सामाग्री सिरहा भन्सार कार्यालय माडर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले बताएका छ्न।

प्रतिक्रिया दिनुहोस्