images

नेपाल एकायन कराते संघमा भुसालको नेतृत्वमा नयाँ कार्यसमिति

द नेपालटप | प्रकाशित: २०७५-११-२८ गते
नेपाल एकायन कराते संघमा भुसालको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं :  गिरिराज भुसालको नेतृत्वमा १३ सदस्यीय नेपाल एकायन कराते संघ बाँके जिल्ला समिति निर्विरोध चयन भएको छ। नेपालगन्जको बाँके उपमहानगरपालिकास्थित वडा–१० मा सोमबार भएको बाँके जिल्ला समितिको प्रथम वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो। नेपाल एकायन कराते संघ बाँके जिल्ला समितिको उपाध्यक्षद्वयमा कृष्ण ओली र विजय लम्साल, सचिवमा चन्द्र बोहरा र कोषाध्यक्षमा आनन्द घिमिरे चयन भए।

त्यस्तै सदस्यमा विनोदसिंह सिजापति, प्रमिला बोहरा, मधु भुसाल, नुत्तम भारती, श्यामा यादव, सन्तराम चौधरी, रस्मिता पौडेल र हुसेन हलुवाई निर्वाचित भए। उक्त साधारणसभा जिल्ला समितिका उपाध्यक्ष सन्तराम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो।  उक्त निर्वाचन बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतको प्रमुख आतिथ्य र नेपाल एकायन कराते संघका अध्यक्ष श्रीकृष्ण डंगोल रोहवरमा सम्पन्न भएको हो। 

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

साफका कारण चर्चामा विराटनगर 

साफका कारण चर्चामा विराटनगर 

विराटनगर : फुटबलको लामै इतिहास बोेकेको प्रदेश १ को अस्थायी राजधानी विराटनगर पछिल्लो समय पहिलो अन्तर्राष्ट्रिय..

फ्रान्सेली लिग : पीएसजीकाे सहज जित, पेनाल्टीमा चुक्याे एमबाप्पे

फ्रान्सेली लिग : पीएसजीकाे सहज जित, पेनाल्टीमा चुक्याे एमबाप्पे

एजेन्सी : फ्रान्सेली लिग अन्तर्गत आइबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । पीएसजीक..

लिभरपुलको संघर्षपूर्ण जित, शीर्ष स्थानमा उक्लियो

लिभरपुलको संघर्षपूर्ण जित, शीर्ष स्थानमा उक्लियो

एजेन्सी : प्रिमियरमा आइतबार राति लिभरपुलले फुलह्याममाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ। जितसँगै लिभरप..

मेस्सीको सानदार ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

मेस्सीको सानदार ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

एजेन्सी : स्पेनिस ला लिगाअन्तर्गत आज बिहान भएको खेलमा शीर्ष स्थानको बार्सिलोनालो रियल बेटिसलाई उसैको मैदानमा ४..

नेपाल एक दिवसीय क्रिकेट वरियतामा यथावत्

नेपाल एक दिवसीय क्रिकेट वरियतामा यथावत्

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् रहन सफल भए..

माइभ्याली गोल्डकप : हिमालयन शेर्पा फाइनलमा प्रवेश

माइभ्याली गोल्डकप : हिमालयन शेर्पा फाइनलमा प्रवेश

काठमाडौं : हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश..