images

हिमपातका कारण खान नपाएर मुस्ताङमा १४ सय पशु मरे

द नेपालटप | प्रकाशित: २०७५-११-२८ गते
हिमपातका कारण खान नपाएर मुस्ताङमा १४ सय पशु मरे

मुस्ताङः झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ । मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार सय पशु परेको भेटिएका छन् । अझै केही भागमा प्रहरीसमेत पुग्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ । हिउँमा कति पशु पुरिएका छन् भन्ने यकिन भएको छैन ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीका अनुसार लोमान्थाङ गाउँपालिका ३, ४ र ५ मा मात्र अहिलेसम्म एक हजार चार सय पशु मरेको अवस्थामा भेटिएका छन् । लोमान्थाङ गाउँपालिका १ र २ मा क्षतिको विवरण आउन सकेको छैन । ती वडामा पनि सयौँको संख्यामा पशु् मरेको अनुमान गरिएको उनले बताए । 'किसानले निकै क्षति बेहोर्नु परेको छ । हिमपातले पशुपालनमा ठुलो नोक्सान पु-याएको छ,' रेग्मीले भने, 'लामो समयको हिमपातले गर्दा आहाराबिहीन भएका पशु भोकभोकै मरेका छन् ।' याे समाचार सन्ताेष पाेखरेल र सुशीलबाबु थकालीले नागिरकमा लेखेका छन् ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

मर्यादित होली मनाउन वीरगन्जमा जनचेतनामूलक रैली

मर्यादित होली मनाउन वीरगन्जमा जनचेतनामूलक रैली

वीरगन्जः समुदाय र प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्साका सरोकारवालाले मर्यादित एवं सभ्य तरिकाले होली मनाउन..

३१ विद्यार्थी एसईई परिक्षाबाट वञ्चित

३१ विद्यार्थी एसईई परिक्षाबाट वञ्चित

म्याग्दी ः जिल्लाका ३१ विद्यार्थी आगामी सातादेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन नपाउने..

योग साधनामा म्याग्देलीको आकर्षण बढ्दै

योग साधनामा म्याग्देलीको आकर्षण बढ्दै

म्याग्दीः ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ २०७० सालदेखि म्याग्दीमा संचालि..

तीन दशकपछि आफ्नै देश फर्कने आसमा भुटानी शरणार्थी

तीन दशकपछि आफ्नै देश फर्कने आसमा भुटानी शरणार्थी

झापा : बेलडाँगी ३ की ६४ वर्षीय मधुमाया मगरलाई २६ वर्षपछि अबचाहिँ भुटान फर्किन पाइन्छ कि भन्ने लागेको छ । शरणार..

विश्वविद्यालय अनुदान आयोगले २५ करोड बाँड्ने तयारी

विश्वविद्यालय अनुदान आयोगले २५ करोड बाँड्ने तयारी

काठमाडौं : विश्वविद्यालय अनुदान आयोग आफैँले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसल..

लाखौं ठग्दै मेडिकल कलेज, कुन कलेजले कति ठग्छन्?

लाखौं ठग्दै मेडिकल कलेज, कुन कलेजले कति ठग्छन्?

काठमाडाैंः त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तो..