एलजीले ल्यायो तन्काउन मिल्ने स्मार्टफोन



एजेन्सी : अहिले प्रायजसो सबैले स्मार्टफोनको प्रयोग गर्छन् । विश्वका चर्चित स्मार्टफोन कम्पनीहरुले यस वर्ष स्क्रिन फोल्ड गर्न मिल्ने स्मार्टफोनको निर्माणमा केन्द्रित भैरहेको छ ।   

सामसुङ र हुवावेले आफ्नो फोल्डेबल फोनलाई सार्वजनिक गरिसकेको छ । उता एप्पलले पनि फोल्डेबल फोनको पेटेन्ट दर्ता गरेको छ । यसले गर्दा एप्पलले जुनसुकै बेला उसले फोल्डेबल आइफोन ल्याउन सक्छ ।

फोल्डेबल फोन ल्याउने  प्रतिस्पर्धालाई चक्मा दिँदै दक्षिण कोरियाली कम्पनी एलजीले तन्काउन मिल्ने फोन बजारमा ल्याउने घोषणा गरेको छ । एलजीका अनुसार उसले फोल्डेबल फोन नभै स्ट्रेचेबल अर्थात् तन्काउन र खुम्चाउन मिल्ने लचिलो फोन निर्माणमा काम गरिरहेको छ ।

एलजीले तन्काउने फोनको प्रविधिको पेटेन्ट दर्ता गरिसकेको छ । जसबाट प्रष्ट हुन्छ कि एलजीको उक्त फोन लचिलो हुनेछ । यसलाई अगाडि र पछाडि तथा दायाँ बायाँ सबै तर्फ मोड्न र तन्काउन सकिन्छ । स्मार्टफोनको डिस्प्लेलाई सबै दिशामा बढाउन तथा घटाउन पनि सकिन्छ । यस मोबाइलको स्क्रिनको साइजलाई आपूmलाई मनपर्ने आकारमा मिलाउन सकिन्छ । 

सामसुङले हालै आफ्नो फोल्डेबल स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको थियो । त्यस पछि हुवावेले आफ्नो फोल्डेबल फोन मेट एक्स लञ्च गरेको छ । पछिल्लो रिपोर्ट अनुसार ग्यालेक्सी फोल्डलाई प्रयोग कर्ताले मन पराएमा सामसुङले अरु दुई नयाँ फोल्डेबल स्मार्टफोन समेत ल्याउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्