images

घरको झगडाले बुवा बिते आमा जेल गए, बच्चाको बिचल्ली

द नेपालटप | प्रकाशित: २०७५-११-२५ गते
घरको झगडाले बुवा बिते आमा जेल गए, बच्चाको बिचल्ली

प्युठानः प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ -उनीहरु छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो । तर विडम्वना समय सधै एकनास रहन्न र रहेन पनि । गत वर्ष चैत २० गते सामान्य कुरामा सधै जस्तै झगडा भयो । भनाभन चलिरह्यो । सीताले पतिलाई सम्झाउँदै थिइन् । तर, विष्णुले मानेनन् ।

स्थानीयका अनुसार उनले मदिरा सेवन गरेका थिए । सीताले छेउमै रहेको हँसियाको बिँडले हान्न खोज्दा संयोगवश धारिलो भागले लाग्यो । विष्णुको हातमा गहिरो चोट लाग्यो । अत्याधिक रगत बगेर उपचार गर्न नपाउँदै घरमै मृत्यु भयो ।

पतिको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि ४२ वर्षीया सीता यतिबेला जिल्ला कारागारमा छिन् । एउटै गल्तीले श्रीमान गुमाएकी उनलाई २० वर्ष जन्मकैद सुनाएको छ । विष्णुको मृत्यु भएको एक वर्ष पनि पुगेको छैन ।

बुवाआमाको झगडाले नावालक छोराछोरीले पीडामा जीवन बिताउनु परेको छ । १५ वर्षीय सुनील थापा र उनकी ८ वर्षीया बहिनी बसन्तालाई आमाबुवाबारे सोध्नै हुँदैन । उनीहरु मन थाम्नै सक्दैनन् । बुवा आमाको झगडा हुँदा सुनील घरमै थिए, त्यसैले पनि बुवाआमाबारे केही बोल्न सक्दैनन् ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

मर्यादित होली मनाउन वीरगन्जमा जनचेतनामूलक रैली

मर्यादित होली मनाउन वीरगन्जमा जनचेतनामूलक रैली

वीरगन्जः समुदाय र प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्साका सरोकारवालाले मर्यादित एवं सभ्य तरिकाले होली मनाउन..

३१ विद्यार्थी एसईई परिक्षाबाट वञ्चित

३१ विद्यार्थी एसईई परिक्षाबाट वञ्चित

म्याग्दी ः जिल्लाका ३१ विद्यार्थी आगामी सातादेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन नपाउने..

योग साधनामा म्याग्देलीको आकर्षण बढ्दै

योग साधनामा म्याग्देलीको आकर्षण बढ्दै

म्याग्दीः ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ २०७० सालदेखि म्याग्दीमा संचालि..

तीन दशकपछि आफ्नै देश फर्कने आसमा भुटानी शरणार्थी

तीन दशकपछि आफ्नै देश फर्कने आसमा भुटानी शरणार्थी

झापा : बेलडाँगी ३ की ६४ वर्षीय मधुमाया मगरलाई २६ वर्षपछि अबचाहिँ भुटान फर्किन पाइन्छ कि भन्ने लागेको छ । शरणार..

विश्वविद्यालय अनुदान आयोगले २५ करोड बाँड्ने तयारी

विश्वविद्यालय अनुदान आयोगले २५ करोड बाँड्ने तयारी

काठमाडौं : विश्वविद्यालय अनुदान आयोग आफैँले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसल..

लाखौं ठग्दै मेडिकल कलेज, कुन कलेजले कति ठग्छन्?

लाखौं ठग्दै मेडिकल कलेज, कुन कलेजले कति ठग्छन्?

काठमाडाैंः त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तो..