धनुषाका पत्रकार साह काठमाडौंमा सम्मानित



जनकपुरधाम : धनुषाका पत्रकार अजयकुमार साहलाई काठमाडौंस्थित एक संस्थाले सम्मान गरेको छ । पत्रकार महासंघ प्रदेश २ का सदस्यसमेत रहेका साहलाई महिला तथा बालबालिकाको क्षेत्रमा कलम चलाएको तथा बाल गृह संचालनमा समेत सहयोग पुर्याएकाले कदर गर्दै सम्मान गरेको हो ।

उनलाई शुक्रबार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा केयर बाल गृह कपन, काठमाडौंले सम्मान गरेको हो ।   लैंगिक समानताको लागि  समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मुल नाराका साथ मनाइएको १०९औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बाल गृहले पत्रकार साह सहित राजधानीको व्यवस्त शहरमा लामो समयदेखि टेम्पो चलाएर सेवा पुर्याउदै आइरहेका ३ जना महिला टेम्पो चालकलाई समेत सम्मान गरेको थियो ।

सम्मानित हुने टेम्पा चालक महिलाहरूमा सिन्धुपाल्चोककी सुमित्रा राई, दोलखाकी राधिका श्रेष्ठ  र रामेछापकी सीता पिठाकोटी मगर रहेका छन् । २०७२ सालमा स्थापना गरिएको यस केयर बाल गृहले हाल १५ जना अनाथ बालिकाहरूको रेखदेख गर्नुका साथै उनीहरूको पढनपाठनमा समेत प्रत्यक्षरूपमा सहयोग पुर्याउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्