images

विप्लव नेतृत्वको नेकपाको राप्ती बन्दले जनजीवन प्रभावित

द नेपालटप | प्रकाशित: २०७५-११-२३ गते
विप्लव नेतृत्वको नेकपाको राप्ती बन्दले जनजीवन प्रभावित

रोल्पाः प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ।

बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन्। बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन्। सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन्।

प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ। यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ।

राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुवासद्वारा जारी प्रेस विज्ञप्तिमा राप्तीका दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा जिल्ला बन्द हुने व्यहोरा उल्लेख गरिएको छ। 

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

विप्लवका नेतालाई राज्यविरुद्ध अपराध मुद्दा, आजीवन कैद हुन सक्ने

विप्लवका नेतालाई राज्यविरुद्ध अपराध मुद्दा, आजीवन कैद हुन सक्ने

काठमाडौंः सरकारले प्रतिबन्ध लगाएको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई राज्यविरुद्ध अपरा..

यी चारवटा प्रदेशः अहिलेसम्म न नाम न राजधानी, कुनमा के विवाद?

यी चारवटा प्रदेशः अहिलेसम्म न नाम न राजधानी, कुनमा के विवाद?

काठमाडाैंः देश संघीयतामा गएको धेरै भयो। सातवटा प्रदेश पनि बने। तर १, २, ३ र ५ प्रदेश नाम र राजधानीको विवादमा अल्झिए..

अब सात दिनमै विदेशी लगानी स्वीकृत

अब सात दिनमै विदेशी लगानी स्वीकृत

काठमाडौंः विदेशी लगानी स्वीकृतिका लागि लगानीकर्ताले निवेदन दिएमा अब सात दिनभित्र निर्णय दिनुपर्ने व्यवस्थासहित..

नेकपा अध्यक्ष दाहाल अमेरिका प्रस्थान

नेकपा अध्यक्ष दाहाल अमेरिका प्रस्थान

काठमाडाैं : नेकपा अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको उपचारार्थ अमेरिका प्रस्थान गरेका छन्। दाहालको निजी सचि..

नेपालमा शान्ति चाहिन्छ कि चाहिँदैन ? : प्रधानमन्त्री ओली

नेपालमा शान्ति चाहिन्छ कि चाहिँदैन ? : प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको..

प्रदेश २ मा समानान्तर सिडियो राख्न प्रदेशसभामा विधेयक दर्ता

प्रदेश २ मा समानान्तर सिडियो राख्न प्रदेशसभामा विधेयक दर्ता

जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशका सबै जिल्लामा सिडिओको समानान्तर ‘प्रदेश प्रशासन अधिकारी’ राख्..