सलमानको छनोट दीपिका पादुकोण 



एजेन्सी : सञ्जयलीला भन्सालीको निर्देशनमा बन्न लागेको नयाँ फिल्मका लागि बलिउड स्टार सलमान खान नायक बन्ने पक्का भएको छ । ‘खामोसी’, ‘हम दिल दे चुके सनम’ र ‘साँवरिया’ पछि सञ्जयलीला भन्साली र सलमान एकसाथ काम गर्न लागेका छन् ।

सञ्जयले आफ्नो नयाँ फिल्ममा दीपिका पादुकोणलाई नायिकाका रूपमा प्रस्तुत गर्ने भएका छन् । दीपिकाको सुन्दरता र अभिनय प्रतिभाबाट सञ्जय निकै प्रभावित छन् । दीपिकाले सञ्जयलीला भन्सालीको निर्देशनमा बनेको फिल्म ‘गोलियों की रासलीला रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ मा नायिकाका रूपमा काम गरेकी थिइन् । यी तीनवटै फिल्म सुपरहिट भएका थिए । अघिल्ला तीनवटा फिल्ममा दीपिकाको जोडी बनेर अभिनय गरेका रणवीर सिंह भने यसपालि सञ्जयको फिल्ममा नदेखिने भएका छन् ।

यसपालि सञ्जयले नायिका छनोट गर्ने जिम्मा सलमानलाई दिएका छन् । सलमानले पनि सञ्जयको मनपर्ने नायिका दीपिकालाई नै छनोट गरेका छन् ।  सलमानले पनि अहिलेसम्म दीपिकासँग कुनै फिल्ममा काम नगरेको कारणले यस फिल्ममा दीपिकासँग काम गर्ने तय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्