विश्वका केही अपत्यारिलो रहस्यमय ठाउँहरु



एजेन्सी :  संसारमा कैयौ यस्तो रहस्यमय ठाउँहरु छन्, जहाँ मानिसहरु जान डराउँछन् । संसारको कुनाकाप्चामा रहेका कतिपय ठाउँहरु रहस्यले भरिएका छन् । यस्ता ठाउँहरुमा : एर्टनल फ्लेम फल्स (न्युयोर्क),  आओकिधारा (जापान), रक्त झरना (अन्टार्कटिका), कानो क्रिस्टल (कोलम्बिया), मोएराकी बोल्डर्स (न्युजिल्याण्ड), नर्वेको लोन्गीवाएन, स्लिन स्टोन (चीन), रिचाट स्ट्रक्चर (मोरिटेनिया), सोलार द उयुनी (बोलिभिया), सेलिङ स्टोन (क्यालिफोर्निया) लगायतका रहेका छन् ।

एर्टनल फ्लेम फल्स (न्युयोर्क) : एउटा सानो पानीको झरना र त्यही पानीसँगै आगोको ज्वाला देख्दा सुरुमा विश्वास गर्नै मुश्किल हुन्छ । तर यो वास्तविक कुरा हो । यस जमिनको मुनि मिथेन ग्यासको भण्डार छ । अत्याधिक ज्वलनशील मिथेनको कारण पानी मुनिबाट पनि यस्तो जलिरहेको आगोको ज्वाला देखिन्छ ।

आओकिधारा (जापान) : करिब ३५०० हेक्टर क्षेत्रको मैदानी भुभागमा फैलिएको यो जंगल जापानको सबैभन्दा सुन्दर क्षेत्रमध्ये एक हो । तर यहाँ घट्ने भयानक घटनाका कारण मानिसहरु यस क्षेत्रमा प्रवेश गर्न डराउँछन् । यहाँ सन् १९६५ देखि हालसम्म पाँच सयभन्दा बढी व्यक्तिले आत्महत्या गरिसकेका छन् । त्यसैले यसलाई सुसाइड जंगल पनि भन्ने गरिन्छ ।

रक्त झरना (अन्टार्कटिका) ; अन्टार्कटिका महादेशको सबै भूुभाग वरफले घेरेको छ । यही बीचमा त्यहाँ यस्तो ठाउँ छ, जहाँ रगत मिसिएको रातो झरना झै देखिन्छ । वैज्ञानिकका अनुसार टेलर लेक क्षेत्र हुँदै बग्ने यस झरनामा आइरन अक्साइड मिसिएको हुन्छ । पानीमा घुलनशील भइ बग्ने आइरन र अन्य तत्वको मिसावटको कारण यस्तो देखिन्छ ।

कानो क्रिस्टल (कोलम्बिया) : यस ठाउँलाई विश्वकै सुन्दर नदी पनि भनिन्छ । वर्षको केही समय अन्य नदी झै सामान्य रहने यो नदी सेप्टेम्बर र नोभेम्बर महिनामा जमिन मुनि विभिन्न बिरुवा उम्रिने कारणले यस नदीको रङ बदलिएर रातो, पहेलो, निलो रङको देखिन्छ ।

मोएराकी बोल्डर्स (न्युजिल्याण्ड) : दक्षिण न्युजिल्याण्डमा रहेको यस समुद्री क्षेत्रको ढुंगाहरु आफै च्याउ आकारमा परिणत हु्रँदै जान्छ । करोडौको संख्यामा रहेका यी ढुंगा १२ फिटको गोलाईमा फैलिएर बनेका छन् । जीवको शरीरमा रहेको फस्फोरस र मिनरल्सको कारण ढुंगामा यस्तो असर पर्दै जान्छ ।

नर्वेको लोन्गीवाएन : हरेक वर्ष २० अप्रिलदेखि २३ अगस्त लगभग चार महिनासम्म यस क्षेत्रमा रात पर्दैन । जहाँ सूर्य कहिल्यै अस्ताउँदैन । बायोलोजिकल फरकपनाका कारण यस क्षेत्रमा बस्ने व्यक्तिको मानसिक समस्या बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्