नवराजा बन्ने रहर नगर



यो विषयमा लेख्ने रहरै थिएन । कथाले मागेको र समयले भनेकाले लेख्न बाध्य भएँ । देशमा राजाको शासन छैन । नेपालै पुरा गणतन्त्रमय छ । आज जनताका छोरी रास्ट्रपति छोरा प्रधानमन्त्री छन् । तर मुलुकमा न्याय राम्रो, विकासमा प्रगति भएको छैन । यसको जड को हो ? सानो बहस गरौं ।

नेपालमा असल नेता कोही भएनन् । गणतन्त्रपछि बनेका सबै प्रधानमन्त्री भित्ते प्रधानमन्त्री बन्नका लागि नै मरिहत्ते गरेको, सत्तालिप्साको कुरा लुकाएर लुक्दैन । अब सबभन्दा पहिला सानोसानो कुरा गरौं ।

उचाइबाट झरेका मान्छेलाई बचाउन सकिन्छ तर निच, सोचबाट गिरेको मान्छेलाइ परिवर्तन गर्न गारो रहेछ । गणतन्त्रमा प्रचण्ड, यो नाम निकै चम्कियो, यति चाँडै मक्कियो कि यसो हेर्दा प्रचण्डले राजनीति गरेको भान आजकल हँुदैन । बाबुराम भट्टराईको पनि राम्रो काम प्रधानमन्त्री हुँदा होइन, अर्थमन्त्री हुँदा थियो । प्रधानमन्त्री बनेर खासै राम्रो केही दिन सकेनन् । रास्ट्रवादी पगरीधारी हालका प्रधानमन्त्रीको कुरा नगरौं । बिचमा बनेको नाम पनि नभनौं । ती नाम इतिहास बनिसके । बरु भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा केही सुधार गरे ।  बहुदल आएपछि बनेका सरकारको जयगानै जरूरी छ तर यहाँ गणतन्त्रमा राम्रो प्रधानमन्त्री भनेर कसैको नाम लिँदा लाजै हुने भयो ।

चितवनमा तरकारी बिक्री नभएपछि किसानले खेतमै नष्ट गरेका छन् । सुन्दा सरल छ । बजार भाउ बढाए पनि हुन्छ र बलात्कारीलाई छाडे पनि हुन्छ ! भ्रष्टाचार गरे पनि हुन्छ ! र मान्छे अपहरण गरे पनि हुन्छ ! जे गरे पनि हुन्छ ,बस्, जनतालाई जिस्क्याउनु भएन । जिस्क्यायो भने त्यो रिसाउँछ । र त्यो रिसायो भने सिध्याइदिन्छ । १०४ वर्षे राणा शासन, पञ्चायत, बहुदल, राजा सकिए । विचार नपुर्याए गणतन्त्र पनि सकिनेछ ।

यो कुनै मनगणन्ते कहानी होइन । इतिहास नै हो । यही इतिहास होइन र ? १०४ वर्षे राणा शासन, पञ्चायत अनि बहुदल त्यसपछि माओवादी युद्ध सुरु र अन्त, राजाको बहिरगमन । आँगनैभरि गणतन्त्र पाएर पनि हामी खुसीचाहिँ छैनौं । कारण शासकले सही शासन नगरेर पो हो यसो भएको ।

१६ महिनासम्म सवारी लाइसेन्स नविकरण गरेर दिन नसक्ने सरकारले बाटो छेकेर चेकजाँचमा हतारो गर्न लाज लाग्दैन ? 

बैंकमा जाऔं, मालपोत जाऔं, सबै सरकारी अफिसमा बिचौलिया छन् । हटाउनु चाहिँ पर्दैन । किन हटेनन् ? किन राखियो ? अर्बौंको रकम भ्रष्टाचार भयो । कसैलाई दण्ड हुँदैन भने हामी शासकप्रति मौन रहनु पनि हुदैन । यो अन्याय कहिलेसम्म ?

आज बजारमा हल्ला छ, सरकारले सुशासन दिएको, अपराधी पक्रेको । सुन्दा मिठो, गज्जब नै गर्यो सरकारले भन्ने हुन्छ तर उदेकलाग्दो चाहिँ सबै घटनामा अपराध करार गरेर, प्रचार त बढी गरियो गरियो, राज्यकोषको पनि चरम दुरूपयोग भयो ।

कुलमान घिसिङले राम्रो काम गरे तर सरकारी अफिसले करोडौंको बिल आज पनि भुक्तानी गरेका छैनन् । पैसा वा करको दायरा बलियो नपारेर विकास नभएको भन्न मिल्दैन । विकास पञ्चायतकालमा पनि त भएको थियो । यो क्रम रोकिँदैन । तर समुन्नत नेपालको नारा बनेन, किन ?

हामी पदभोगी छौं । झुटलाई झुट हो भन्दैनौं । नेताले गलतै बोले पनि बोल्दैनौं । केही चिप्लो र मिठो बोलीमा नफस्नु, त्यसमा काँडा र विष हुन्छ ।

धनले आँखा किन्न सकिन्छ तर दृष्टि किन्न सकिँदैन । राजनीति यो लाइनमा गएन । यहाँ हामीले चाहेको सुशासन, विकास, शान्ति, आम नागरिकको खुसी जस्ता पक्ष भुलेर चरम झुट र लुटमा सरकार मौन रहनु दुःखको कुरा हो । यसरी नयाँ राजा बन्ने सपना पालेको हो भने नसोचे हुन्छ ।

आज बजारमा हल्ला छ, सरकारले सुशासन दिएको, अपराधी पक्रेको । सुन्दा मिठो, गज्जब नै गर्यो सरकारले भन्ने हुन्छ तर उदेकलाग्दो चाहिँ सबै घटनामा अपराध करार गरेर, प्रचार त बढी गरियो गरियो, राज्यकोषको पनि चरम दुरूपयोग भयो । सरकार कमजोर बनेको नकार्न सकिँदैन । यहा सरकार जवाफदेही भएको कत्ति देखिएन, लाजमर्दो कुरा, प्रधानमन्त्रीसमेत वक्तव्यबाजीमै रमेको देखियो ।

हाल नेपालमा बलियो सरकार, स्थिर सरकार रहेको कुरामा आम नेपाली जानकार छन् । तर सरकार त छ, न्यायचाहिँ छैन भन्ने भान हुन्छ । यतिको कमजोरसरकार पञ्चायतमा पनि थियो कि थिएन, गम्भीर प्रश्न उठेको छ । 

नेपाली वाक्कदिक्क भइसकेका छन् । हुम्लामा पढ्ने स्कुल कति टाढा छ, कति घन्टा हिँडिरहेका छन् बालबालिका, नेताहरुलाई वास्तै छैन, मतलब छैन । जनताले सिटामोल पाएका छैनन् । जलस्रोतको धनी देशमा नागरिक काकाकुलसरी बाँचेका छन् तर शासकलाई वास्ता छैन । म शासक तँ चाहिँ रैती भनेर शासन गर्न पाइन्छ ?

हरेक नेपालीले बलिदान गरेका छन्, लगानी गरेका छन् । यसैले पाउने कुरा राज्यले दिन सक्दैन, गर्नुपर्ने काम गर्दैन भने जनता चुप रहँदैनन् । सूचनाको युगमा झुटको यो राजनीति चल्दैन । नयाँ राजै बन्ने रहर पनि नगरे हुन्छ । यो कुनै प्रतिशोधमा होइन, दलको झन्डा नबोकी बोलेको एक नेपालीको चुरो आवाज हो ।

अन्त्यमा सानो कुरा गरौं । समय छँदै यी आवाजको सुनुवाइ भएन भने हाम्रो समाज मौन रहरला । के नेपाली समाज बोल्दैन ? के युवा, कलमवीर, देशप्रेमी बोल्दैनन् ? के दुनिया बोल्दैन ? सोचौं त नेताज्यू ।

 

प्रतिक्रिया दिनुहोस्