विश्वकर्माको पूजाको नाममा अश्लील नृत्य



जनकपुर । असोज १ गते देशैभरि विश्वकर्मा बाबाको पूजा आराधना चलिरहेको थियो । निकै हर्षोल्लासका साथ आफ्ना सामग्रीको मानिसहरूले पूजा गरे । विभिन्न किसिको रमझम तथा सांस्कृतिक कार्यक्रम भइरहँदा जनकपुर उपमहानगरपालिका २४ मा भने बेग्लै दृश्य देखियो । 

 

नेपालकै छुट्टै सांस्कृतिक आस्था बोकेको मिथिलानगरी जनकपुरमा विश्वकर्माको पूजाको नाममा अश्लील नृत्य देखाइएको थियो । संवाददाता त्यहाँ पुग्दा भारतीय कलाकारहरुको अश्लील नाच र प्रस्तुति घन्किरहेको थियो । त्यसैमा मन्त्रमुग्ध भएर झुमिरहेका थिए तन्नेरी पुस्ता । बालबालिकादेखि वयोवृद्धासम्म उक्त कार्यक्रममा उपस्थित थिए ।

 

तराई मधेशमा कुनै विशेष पूजा वा कार्यक्रमा आयोजना गरिने यस्तो नृत्यलाई आर्केस्ट्राको नाम दिएर अश्लीलता प्रदर्शन गराइएको थियो उक्त कार्यक्रममा । दर्शकदीर्घामा उपस्थित महिला तथा बालबालिकामा त्यसको प्रत्यक्ष असर परिरहेको थियो ।

 

 कार्यक्रमस्थलको छेउछाउमा प्रहरीले पहरा दिइरहेको थियो । भारतीय कलाकारको उपस्थितिमा हिन्दी सिनेमा गीतमा अश्लीलता प्रदर्शन भइरहेको थियो । मदिरा सेवन गरी नृत्यलाई वाहीवाही गर्ने कमी थिएन । 

 

सयौंको संख्यामा मानिसको उपस्थिति थियो । विश्वकर्मा पूजाको अवसरमा खोलिएका ती बजारमा कसैको ध्यान थिएन । ध्यान थियो त केवल सोही नृत्यमा । मिथिला नगरी भए पनि भोजपुरी र हिन्दी गीतले प्रभाव जमाइरहेको थियो । मेलामा बालबालिकाहरू जुवा पैसा लगाउन व्यस्त थिए । प्रहरी मुकदर्शक झैं थियो । प्रहरहिरू जनप्रतिनिधिकै आडमा यस्तो भइरहेको बताउँथे । '

 

गस्तीमा रहेका एक प्रहरीले नाम नबताउने सर्तमा भने, ‘जनप्रतिनिधिहरूले नै केही नगर्नू, एकदिनको मेला हो भनेका छन्, हामीले किन निहुँ खोज्नु ।’ यो त सरासर कानुन उल्लंधघन भएन र भनी संवाददाताले सोधेको प्रश्नमा उनले भने, ‘गाउँ समाजका मान्छेलाई यही नै राम्रो लाग्छ, हामीले भनेर के गर्नु ।’ 

यस विषयमा हामीले नागरिक समाजका जिल्ला अध्यक्ष मुरली मनोहर मिश्रलाई समाज कता जाँदै छ भनी सोधेका थियौं । उनले रक्षक नै भएपछि यस्तो अवस्था आएको तर्क गरे । उनले यहाँ जनप्रतिनिधि र प्रशासनबीच द्वन्द्व चलेकाले यस्तो अवस्था सिर्जना भएको बताए ।


हेर्नुहोस् अश्लील भिडियो

प्रतिक्रिया दिनुहोस्