राष्ट्रिय मुद्दामा मिलेर अघि बढ्न देउवालाई प्रधानमन्त्री प्रचण्डको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रचण्डले बोलाएपछि काँग्रेस सभापति देउवा आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटवार्तामा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्लाई बिजनेस दिने लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । राष्ट्रिय मुद्दाहरूमा